रिमा गुरुङ्ग होडाको आवाजमा ‘आंखाका जोर’ बोलको गीत सार्वजनिक भएको छ । सानतना रेकर्डसबाट बजारमा आएको उक्त गीतमा संगीत प्रकाश गुरुङ्गको रहेको छ । राजेन्द्र थापाको शब्द रहेको गीतको निर्माण ४० बर्ष अगाडीनै एउटा भिडियो फिल्मको लागी गरिएको भए पनि फिल्म नै प्रदर्शनमा नआएको कारण गीत पनि सार्वजनिक हुन पाएको थिएन ।

कहिल्यै कसैलाई पनि आफ्नो संगीतमा रहेको गीत गाउनको लागी आग्रह नगर्ने प्रकाश गरुङ्गले ंछोरी रिमासंग यो गीत गाउन भने पछि गीतले मुर्त रुप पाएको हो । सचिन सिंहको संगीत संयोजन रहेको गीतको भिडियोको निर्देशन तथा सम्पादन नेपाल आइडल जस्ता लोकप्रिय कार्यक्रमका निर्देशक समेत रहेका लोकेश बज्राचार्यले गरेका हुन । हरि हुमागाईंको छायांकन रहेको भिडियोको सहायक निर्देशक रबिन श्रेष्ठ हुन भने निशिला शाक्यको कोरियोग्राफिमा साक्षी लम्सालले अभिनय गरेका छन ।

 

For More videos Log on to Mazzako TV