आरोहण प्रोडक्सनको ब्यानरमा निर्माण भएको फिल्म ‘गीत गजल’ को ३५ दिनमा छायाँकन सकिएको छ । निर्देशक नितिन चन्दका अनुसार सिनेमाको एक गीतको छायाँकन बाँकी राख्दै सम्पुर्ण सुटिङ सकिएको हो । ‘गीत गजल’ लाई आरोहण क्षेत्रीले निर्माण गरेका हुन् ।

‘गीत गजल’ बाट नेपाली फिल्ममा क्षेत्रमा रुप पोखरेल र आरोही सिहंले डेब्यु गर्दैछन् । फिल्म निर्माण आफ्नो टिमले कुनैपनि कमी कमजोरी नछोडेको भन्दै सिनेमा उत्कृष्ट बनेको निर्माता आरोहण क्षेत्रीले बताए । आफ्नो सिनेमामा नयाँ कलाकार भएपनि उनीहरुले उत्कृष्ट काम गरेको उनको भनाई छ ।

सिनेमामा रुप र आरोहीका अलवा रश्मी भट्ट, विशाल पहाडी, भिमा मैनाली लगायतका कलाकारको मुख्य भुमिका रहेको छ । गीत गजलमा कथा, पटकथा तथा संवाद अस्मीत पोखरेल, मुख्य सहायक निर्देशक सुदीप कुँवर, बाबु श्रेष्ठको छायाँकन, अर्जुन पोखरेलको संगीत, कविराज गहतराजको कोरियोग्राफी, अर्जुन जिसीको सम्पादन रहेको छ ।

For More videos Log on to Mazzako TV