पूर्व पोर्न स्टार तथा अहिलेकी चर्चित बलिउड नायिका सन्नी लियोनीले नेपाली फिल्ममा आइटम नृत्य गरेकी छिन् । ‘पासवर्ड’ नामक चलचित्रमा सन्नी लियोनीले आइटम नृत्य गर्दै गरेका केही तस्बिर फिल्मको निर्माणपक्षले सार्वजनिक गरेको छ । लण्डनमा छायांकन गरिएको यो गीतका लागि महंगो बजेट खर्च गरिएको छ । कोरियोग्राफर बिष्णु देभाले निर्देशन गरेको भिडियो मा ‘सन्नी हो नाम मेरो’ बोलको गीतमा सन्नीले नृत्य गरेकी छिन् ।

बिष्णु बलिउडका चर्चित कोरियोग्राफर हुन् । उनले नायकहरु शाहरुख खान, सलमान खानलाई समेत कोरियोग्राफी गरिसकेका छन् । अर्जुन पोखरेलको संगीत रहेको यो गीतको भिडियोमा नृत्य गर्न सन्नी ७ जनाको टिमसहित लण्डन पुगेकी थिइन् । सम्राट बस्नेतको निर्देशनमा तयार भएको यो चलचित्रमा सन्नीले गीतका लागि मात्रै २ करोड भारतीय रुपैयाँ लिएको बताइएको छ । एबी इन्टरनेशनलको ब्यानरमा बनेको चलचित्रमा विक्रम जोशी, हिरल जोशी, अमित बस्नेतको लगानी छ ।

चलचित्रमा अनुप विक्रम शाही, विक्रम शाही, वुद्दि तामाङ, छुल्ठिम गुरुङ लगायतका कलाकारको अभिनय छ । एक्सन र थ्रिलर कथामा चलचित्र बनेको छ ।

For More videos Log on to Mazzako TV