निर्देशक दीपाश्री निरौलाले राखेको रेकर्ड कसले तोड्ला ? दीपाश्री निरौलाले बनाएको ३ वटा सिनेमा नै सर्वाधिक ग्रस कलेक्शन गर्ने नेपाली सिनेमाको सुचीमा छन् । यसैले पनि दीपाश्रीको यो ब्लकबस्टर रेकर्ड कसले तोड्ला भन्ने कौतुहलता छ । दीपाश्रीलाई यो प्रश्न पत्रकारले सोधेका छन् । आखिर, कसले तोड्छ होला त उनको रेकर्ड ?


दीपाश्रीले भनेकी छिन्–‘हाहा यो त कसरी भन्न सकिन्छ र । छक्का पन्जाले बनाएको रेकर्ड छक्का पन्जा ३ ले तोड्यो । अब अर्को कुन सिनेमा आउला भन्न सकिन्न । दीपाश्रीले छक्का पन्जा ३ ले १०० दिन मनाउन नसक्ने पनि बताइन् । छक्का पन्जाले कसरी १०० दिन मनायो भन्ने फूहरुलाई नै थाहा नभएको भन्दै उनले छक्का पन्जा ३ ले सय दिन मनाउन नसक्ने बताइन् । दीपाश्री छक्का पन्जा ३ को सक्सेस पार्टीमा बोल्दै थिइन् ।

For More videos Log on to Mazzako TV