राजपाल यादव, जो बलिउडको हास्यँ जगतमा परिचित नाम हो । उनलाई लाई ३ महिना जेल सजाय हुने भएको छ । उनले सन् २०१० मा चलचित्र बनाउन ऋण लिएर उक्त रकम फिर्ता नगरे पछि राजपालमाथी केही महिनाअघि मुद्दा चलेको थियो ।

५ करोड ऋण लिएर तिर्न नसकेपछि उनलाई अदालतले ३ महिना जेल सजायँको आदेश दिएको हो । उनको कम्पनी श्री नौरंग गोदावरी इन्टरटेन्मेन्टले चलचित्र बनाउन भन्दै ५ करोड ऋण लिएको थियो । उनले मुर्ली प्रोजेक्टस्सबाट ५ करोड ऋण लिएका थिए । भारतिय मिडिया अनुसार भारतको उच्च न्यायलयले आदेश दिएसँगै राजपाललाई प्रहरीले पक्राउ गर्नेछन् ।

राजपाल निर्मित ‘अता पता लापत्ता’ चलचित्र २०१२ मा रिलिज भएको थियो । तर उक्त चलचित्रले ३८ लाख मात्र व्यापार गर्यो । राजपालको अनुसार उक्त कम्पनीले ऋण नभइ लगानी गरेको बताएका थिए । तर सम्झौँता कागजमा ऋण नै रहेको उल्लेख रहेको बताइएको छ ।

For More videos Log on to Mazzako TV