किन दिए शाहरुखले फराहलाई मर्सिडिज कार ?
केहि दिन अघि शाहरुख खानले फराह खानलाई महँगो कार उपहार स्वरुप दिएका छन् । तर उनको यो उपहार पहिलो भने हैन । यो भन्दा पहिले ‘ओम शान्ती ओम’ र ‘मै हु ना’ को रिलिज पुर्वपनि किङ खानले फराहलाई कार नै उपहार दिएका थिए । तर, उनिहरुको यो दोस्तिलाई देखेर फराहका पति खुशी छन त ? यतिबेला बउिडमा तीब्र रुपमा यो प्रश्न उठी रहेको छ ।
केहि समय अघि फराह र शाहरुख बीच कोल्ड वार चलेको थियो । तर अहिले आएर त्यो सबै लफडा ठीक भईसकेको छ । फराह र शाहरुखबीचको शीतयुद्व समाप्त भएपछि नै उनी ‘ह्याप्पी न्यु इयर’मा काम गर्न राजी भएका हुन । बुझिएअनुसार फराहसँगको दोस्ती आगामी दिनममा अझै मजबुत बन्दै जाओस भनेर पनि शाहरुखले गाडी उपहार दिएका हुन् ।
यता फराहका पति पनि सबैथोक भुलेर ‘अल इज वेल’ भन्न थालिसकेका छन । केहि बर्ष अघि एक पार्टीमा फराह पति सिरिश र किङ खान बीच लफडा परेको थियो । सामान्यतया फिल्म सकिएपछी गिफ्ट गर्ने शाहरुखले यसपाली भने ढिला नगरी मौकाको फाइदा उठाई हालेका छन् । उनले आफ्नो डाइरेक्टर फराहलाई मर्सिडिज गाडी उपहार स्वरुप दिएका छन ।
डाईरेक्टर र उनका पतिलाई खुशी पार्न दिईएको यो महंगो गाडी उपहारको असुलउपर चलचित्रको कमाईबाट हुन्छ हुदैन, त्यो थाहा पाउन तिहारसम्म कुर्नै पर्नेहुन्छ । फराह खानको चलचित्र ‘ह्याप्पी न्यू इयर’मा शाहरुख खानको साथमा अभिषेक बच्चन, दीपिका पादुकोण, बोमन इरानी, सोनु सूद लगायतका कलाकारहरुले अभिनय गरेका छन् । चलचित्रलाई दिवालीको आसपासमा रिलिज गर्ने तयारी भईरहेको छ ।
For More videos Log on to Mazzako TV