नेपाली फिल्मकर्मी सुन्दर लोकेशन खोज्दै बिदेश गैरहेको बेला बिदेशीहरु नेपाल आइपुग्छन् । यही संघारमा पछिल्लो समय आकांक्षा शर्मा अटाएकी छिन् । उनि बलिउडकी चर्चित प्लेब्याक सिंगर हुन् । उनले एल्बमका लागि गाएको सिंगल ट्रयाकको छायांकन नेपालमा गरिएको हो । अझ अर्कोकुरा उनको गीतमा नेपालकै प्राविधिक र कलाकारले काम गरेका छन् ।

जी म्यूजिक कम्पनीको निर्माण रहेको गीतमा समिम खान र सृष्टि खड्काले अभिनय गरेका छन् । आफ्नो गीतको छायांकनका लागि केही दिनको नेपाल बसाईपछि गायिका शर्मा शुक्रवार स्वदेश फर्किएकी छन् ।

नेपालको प्राकृतिक सौन्दर्यले मोहित बनाएको कुरा पत्रकार भेटघाटमा बताउँदै उनले भनिन्, ‘नेपालबाट मिठो याद बोकेर जादैछु । दर्जन भन्दा बढी हिन्दी फिल्मका गीतमा उनले स्वर दिएकी छिन् । ‘तेरे संग यारा’, ‘ढल जाऊं मैं’, ‘नैनो ने बाँधी’, ‘तेरे इश्क में जोगी होना’ लगायतका गीत उनका चर्चित छन् ।

For More videos Log on to Mazzako TV