विगत दुई दशक देखि नेपाली सांगीतिक क्षेत्रमा निरन्तर रुपमा काम गर्दै आएका मिन विष्टको नयाँ गीत सार्वजनिक भएको छ । केही न केही नौलो प्रयोग गरिरहन रुचाउने मिनले नेपाली बाजा गाजाले उनिएको ‘झ्याइँ झ्याइँ झ्याइँ’ बोलको ल्याएका हुन् । सार्वजनिक गीत थ्रिडि प्रबिधीयुक्त छ । गीत सुन्दा लाग्छ, आँखा चिम्लेर हामी ध्वनि सुनेको भरमा कुनै वस्तुको पहिचान र त्यसको दुरीको अनुमान गर्न सक्छौं । प्रविधिको यो उपयोग संगीतमा गर्दै नेपालमा पनि मीन बिष्टले फेरी थ्रिडि गीत निकालेका छन् ।


शब्द जानु काम्बाङ लिम्बु रहेको छ भने एरेन्जर कुमार थापाले गरेका हुन । नम्रता राई र राम धिमालको स्वरमा रहेको यो गीतमा मिन आफैले संगीत भरेका छन् । हेडफोन अनिवार्य लाएर सुन्न आग्रह गरेको यस गीतमा बाजाहरु विभिन्न स्थानबाट बजेको सुन्न सकिन्छ । नेपाली संगीतमा विशेषत मिक्सिङ इन्जिनियरको काममा परिचय बनाएका छन् उनी चलचित्रकर्मी पनि हुन् । दर्शक र स्रोताहरुको निरन्तर साथ र सहयोग पाएको खण्डमा भविष्यमा यस्तै नयाँ नयाँ प्रस्तुतीहरु दिंदै जाने बिष्टले बताएका छन् ।

For More videos Log on to Mazzako TV