भारतीय फिल्म ‘२.०’ आज रिलिज भएको छ । धेरै प्रतिक्षामा रहेको फिल्म हुनाले कस्तो छ होला भन्ने चासो धेरै लाई छ । एसियाकै दोस्रो महँगो फिल्म भएकाले पनि यस्तो भएको हो । एस शंकरको निर्देशनमा तयार भएको फिल्ममा रजनिकांत , अक्षय कुमार र एमी ज्याक्सन मुख्य भूमिकामा छन् । फिल्मको पहिलो शो बिहान ४ बजे देखि साउथ इन्डियाको हलमा प्रदशन भईसकेको छ । नेपाल मा भने १२ बजे पछिको सो मा मात्र हेर्न मिल्नेछ ।

फिल्मको प्रारम्भिक प्रतिक्रिया राम्रो आएको छ । फिल्ममा प्रयोग भएको प्रविधि र यसमा देखाइएको इमोसनलाई दर्शकले रुचाएका छन् । फिल्म १ हजार ७९ दिन लगाएर तयार गरिएको थियो ।

 

For More videos Log on to Mazzako TV