फिल्म स्टार्डमले भन्दा पनि बिसयबस्तु र प्रस्तुती ले चल्छ भन्ने उदाहरण आयुष्मान खुरानाको पछील्लो फिल्म‘बधाई हो’ ले दिएको छ । फिल्मले कृटिक्स को वाहावाही त पायो नै कमाई पनि मनग्य गर्‍यो ।

यसको कमाईको सिलसिला अझै जारी छ । अभिनेता आमिर खानको फिल्म ‘ठग्स अफ हिन्दोस्तान’ लाई पछाडि छोड्दै बक्सअफिसमा यस फिल्म कमाईको रेसमा अगाडि निस्किएको छ । फिल्म वर्ल्ड वाइड २ सय करोडमा ईन्ट्री भएको छ ।

ट्रेड एनालिस्ट तरण आदर्शले ट्विटमार्फत फिल्मको वर्ल्ड वाइड कलेक्सन सार्वजनिक गरेका छन् । फिल्मले भारतमा मात्र १ सय ५८ करोड कमाइसकेको छ भने ओभरसिजबाट ४३ करोड कमाएको छ । फिल्म २० करोडमा बनेको हो । यो हिसाबले फिल्मको कमाई धेरै हो । ‘बधाई हो’ ले पहिलो हप्ता ६६ करोड १० लाख, दोस्रो हप्ता २८ करोड १५ लाख, तेस्रो हप्ता १५ करोड ३५ लाख र चौथो हप्ता १० करोड ८० लाखको कमाई गरेको छ । यो फिल्मलाई क्रिटिक्स र दर्शकले निकै रुचाएका छन् । फिल्ममा आयुष्मानका अलावा सान्या मल्होत्रा, नीना गुप्ता, गजराज रावलगायतको अभिनय छ ।

अमित रवीन्द्रनाथ शर्मा निर्देशित फिल्मले प्रदर्शनको १७ दिनमा सय करोडको आँकडा पार गरेको थियो । आयुष्मान र उनको आमाको भूमिका निभाएकी नीनाको कामलाई दर्शक र समीक्षकले मुक्तकण्ठले प्रशंसा गरेका छन् । ‘बधाई हो’ को सफलतासँगै आयुष्मान बलिउडका शक्तिशाली अभिनेतामा दरिएका छन् ।

 

For More videos Log on to Mazzako TV