अभिनेता बिपिन कार्की तथा नायिका बर्षा राउत अभिनित फिल्म ‘गोपी’ को पहिलो गीत सार्वजनिक भएको छ । संचारकर्मी दीपेन्द्र लामा निर्देशित फिल्मको ‘लक्ष्मी कहिले काली’ बोलको गीत सार्वजानिक गरिएको हो । साहित्यकार बुद्धिसागरको शब्द, अर्जुन पोखरेल र उनका पिता बाबुराम पोखरेलको संगीत रहेको गीत भजन शैलीमा छ । गीतलाई ध्रुव बिस्को र एन्जिला रेग्मीले गाएका छन् भने एरेन्जमेन्ट आशीष अविरलको छ ।

आरोही इन्टरटेनमेन्टका लागि आरोही केसीद्वारा निर्मित फिल्म गोपी नेपालभर माघ १८ गते प्रदर्शनमा आउँदैछ । गीतमा फिल्मका मुख्य कलाकार विपिन कार्की, वर्षा राउत, अंकित खड्का, भोला सापकोटा लगायतले नृत्य गरेका छन् । गोविन्द राईको कोरियोग्राफी रहेको गीतमा तीनवटा भजनटोली, सयजना भन्दा बढी वृद्धवृद्धा र ३२ जना नृत्य कलाकारलाई समावेश गरेका छन् ।

सामिप्य तिमल्सेना लेखक र श्रीधर पौडेल कार्यकारी निर्माता रहेको फिल्ममा शैलेन्द्र डि कार्कीले छायांकन र निमेष श्रेष्ठले सम्पादन रहेको छ । फिल्ममा सुरक्षा पन्त, प्रकाश घिमिरे, रमेश अधिकारी, सरोज अर्याल, कमलमणि नेपाल, हिउँबाला गौतम लगायतको पनि अभिनय हेर्न पाइनेछ ।

For More videos Log on to Mazzako TV