संचारकर्मी सुव्रत आचार्यको निर्देशनमा तयार भएको फिल्म ‘सुश्री सम्पति’ को पोस्टर सार्वजनिक भएकोे छ । मङ्सिर २८ गतेबाट रिलिज हुने फिल्मको पोस्टरमा सलोन बस्नेत, सारा सिर्पाली र बिनोद न्यौपाने प्रस्तुत छन् । यी तिन कलकारको वरपरी फिल्मको कथा घुम्ने भएकोले पोस्टर पनि यिनमै फोकस गरिएको निर्देशक आचार्यले बताए । पोष्ट प्रोडक्सनमा रहेको फिल्मको ट्रेलर यहि साता भित्र नै रिलिज हुने निर्माण पक्षले जनाएको छ ।

सलोन , सारा र बिनोदसँगै राजाराम पौडेल, विशारद बस्नेत, सुनिता श्रेष्ठ ठकुरी लगायतका कलाकारहरुको अभिनय रहेको छ । प्रियंका कार्की भने फिल्ममा विशेष भूमिकामा प्रस्तुत हुनेछिन् । रमेश त्वायना प्रस्तुतकर्ता रहेको ‘सुश्री सम्पत्ति’ को कथा निर्देशक सुव्रत आफैले लेखेका हुन् । फिल्मको निर्मातामा विज्ञान राई, नुनम सुब्बा र रमन सिलाकार रहेका छन् । अभिमन्यू निरवी र निर्देशक आचार्यको डाइलग रहेको फिल्मको स्क्रिनप्ले अभिमन्यूकै रहेको छ । फिल्मलाई उपत्यकामा बिके फिल्मसका गोपालकाजी कायस्थ र मोफसलमा एफडी कम्पनीले वितरण गर्नेछ । फिल्मलाई भरत रेग्मीले सम्पादन गरिरहेका छन् ।

For More videos Log on to Mazzako TV