आफ्नो गोप्य अङ्गको तस्बिर बाहिरिँदा जोकोही लाई पनि तनाब हुन्छ । उसको मानसिक, सामाजिक र ब्यावसायिका सम्पूर्ण पक्षमा नराम्रो असार पारेको हुन्छ ।

बलिउड तथा हलिउडमा कलाकारका गोप्य तस्बिर बाहिरिदा, त्यसलै ठूलै विवाद निम्त्याउँछ । कलाकारका गोप्य तस्बिर सार्वजनिक गरेर उनीहरुलाई बदनाम गराउन गिरोह नै सक्रिय भएको पनि चर्चा हुने गरेको छ ।

यही क्रममा, बलिउडकी नायिका अक्सरा हसनको गोप्य तस्बिर बाहिरिएपछि उनी तनावमा परेकी छिन् । अक्सरा हसन साउथका सुपरस्टार कमल हसनकी छोरी हुन् । उनको गोप्य तस्बिर इन्टरनेटमा केही दिन अगाडि देखी भाइरल भईरहेको छ। बलिउडमा ‘समिताभ’ नामक चलचित्र बाट प्रवेश गरेकी अक्सराको यो तस्बिरले सामाजिक संजालमा तहल्का नै मचायो ।

तस्बिरमा अक्सराले लिएका हट सेल्फीहरु छन् । जुन तस्बिर कसरी र कसले बाहिर ल्यायो भन्ने उनलाई समेत पत्तो छैन । तर, अक्सरा अहिले प्रहरीकोमा पुगेकी छिन् । फोटो बाहिर ल्याउने अज्ञात व्यक्तिविरुद्ध उनले एफआइआर समेत दर्ता गरेकी छिन् । अहिले प्रहरी अक्सराको तस्बिर कसरी र कसले बाहिर ल्यायो भन्ने खोजीमा लागेको छ ।

For More videos Log on to Mazzako TV