फिल्म नेपाली फिल्मका केही अभिनेत्रीको स्टारडम बढेसँगै उनीहरुको पारिश्रमिक पनि चर्को हुन थालेको छ । अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाहले पूनम गौतमले बनाउन लागेको सिनेमाका लागि १५ लाख पारिश्रमिक लिएकी थिइन् ।

अब, अर्की चर्चित अभिनेत्री पूजा शर्माले पनि एक सिनेमाका लागि १५ लाख रुपैयाँ लिएकी छिन् । एभी प्रोडक्शनको ब्यानरमा निर्माण हुन लागेको सिनेमा सम्हालिन्छ कहिले मनका लागि पूजाले १५ लाख पारिश्रमिक लिएकी हुन् । पूजाले यो सिनेमामा संझौता गरिसकेकी छिन् । सुदर्शन थापाले यो सिनेमाको निर्देशन गर्दैछन् । सिनेमाको छायांकन बेलायतमा हुनेछ ।

पूजाले बर्षमा एउटा मात्र सिनेमा खेल्दै आएकी छिन् । सोहीकारणले पनि एउटा फिल्ममा पूर्ण समर्पित भएर काम गर्ने पूजाले बताइन् । सिनेमाका लागि सोनम तोप्देन फाइनल भैसकेका छन् । सिनेमाको अहिले संगीतमा काम भैरहेको छ ।

For More videos Log on to Mazzako TV