Kabaddi poster‘राम्रो जुत्ता पो त जुत्ता, नत्र खाली खुट्टा ठिक छ’……….’बिहे बिहे, हैन बिहे गरेर के पो गर्छस ?’ ‘एउटा छोरा एउटी छोरि जन्माउछु ।’

यी र यस्तै सम्बादका कारणले चर्चा कमाएको चलचित्र ‘कबड्डी’ यति बेला प्रमोशनको लागि देश दौडाहमा छ । आफ्नो निर्माण टोली सहित बुधबार बिर्तामोड पुगेको ‘कबड्डी’ टोलीले पुर्वको दमक,इटहरी,धरान लगायतका ठाँउहरुमा चलचित्रको बारेमा सबैलाई जानकारी गराउने कार्यक्रम रहेको जानकारी गराएको छ ।

दयाह्यङ राइ,राजन खतिवडा सहितको टोलीले सञ्चारकर्र्मीहरु चलचित्रको बारेमा विविध कुराहरु गर्दै दर्शहहरुलाई हल सम्म गएर चलचित्र हेरिदिन अनुरोध गरेका छ्न् । नेपालका लागि रु १०,००० तथा युकेको लागि ५ वटा टिकेट पुरस्कार राशी सहित कबड्डीले प्यारोडि प्रतिस्पर्धाको पनि आयोजना गरेको छ ।

उक्त प्रतिस्पर्दामा नेपाल र युके गरेर आठ समुहले भाग लिएका छन। यसको नतिजा २५ अप्रील मा सार्बजानिक हुदै छ । दयाह्यङ् राइ, निश्चल बस्नेत, रिश्मा गुरुङ्, राजन खतिवडा लगायतका कलाकारहरुले चलचित्रमा अभिनय गरेका छन् ।

IMG_5214

कुटुम्बरी साइनोको प्रेम कथा लाई फिल्ममा देखाउन खोजिएको छ । कुटुम्बरी साइनो भित्रको रमाईलो र अप्ठ्यारोलाई चलचित्रमा हेर्न पाईनेछ । चलचित्रको निर्देशन रामबाबु गुरुङ्गले गरेका हुन् । चलचित्र कबड्डी बैशाख १२ गतेबाट अलनेपाल रिलिज हुदैछ ।

sIMG_5205

 

IMG_5207

 

IMG_5206

For More videos Log on to Mazzako TV