योगेश घिमिरेको निर्देशनमा तयार हुन लागेको सिनेमा प्रेमदिवसको छायांकन कात्तिक ८ गतेबाट सुरु हुँदैछ । यो सिनेमाको आज राजधानीको मैतिदेवी मन्दिरमा शुभमुहुर्त गरिएको छ । यो सिनेमाको नाम पहिले राधा २ राखिएको थियो ।

अहिले परिवर्तन गरेर प्रेमदिवस राखिएको छ । संजय न्यौपानेको निर्माणमा बन्ने सिनेमामा अभिनेत्री प्रियंका कार्की र अभिनेता आयुष्मान देशराज जोशी मुख्य भूमिकामा छन् । यो फिल्मबाट अमेरिकामा रहँदै आएका विशाल खरेल फिल्मको पर्दामा देखिदैछन् ।

सिनेमालाई म्यूजिकल लभ स्टोरी कथामा बनाउने योगेशले बताएका छन् । सिनेमाको छायांकन पूर्वका विभिन्न स्थानमा हुनेछ । योगेशले राधा बनाएर सफलता पाएका थिए । तर, उनले सिनेमाको नाम अन्तिम समयमा प्रेमदिवस राखेका छन् ।

For More videos Log on to Mazzako TV