पछिल्लो समय फरक स्वाद पस्केर हिट फिल्म दिएका बलिउडका मिस्टर खेलाडी अर्थात् अक्षय कुमार अब हरर-कमेडी फिल्म ‘कंचना : मुनि २’ मा देखिने भएका छन् । उनको यही जनराको फिल्म ‘भूलभुलैया’ ले पनि बक्सअफिसमा राम्रै कमाल गरेको थियो ।

‘कंचना : मुनि २’ तमिल हरर-कमेडी फिल्म हो । यसको हिन्दी रिमेकमा अक्षय कुमारलाई लिड हिरो लिइएको हो । भारतीय मिडियाका अनुसार, शबीना खानले यो तमिल फिल्मको अधिकार हिन्दी रिमेकका लागि खरिद गरेकी छन् । शबीना सुपरहिट ‘राउडी राठौर’ फिल्मको पनि निर्माता हुन् ।

तमिल फिल्म ‘कंचना : मुनि २’ का डायरेक्टर, राइटर, प्रोड्यूसर र एक्टर राघव लारेन्स हुन् । हिन्दी भर्सनमा निर्माण हुने फिल्मको निर्देशन पनि उनले नै गर्ने बताइएको छ । अक्षय कुमारको लामो समयदेखि ‘कंचना’ को रिमेकलाई लिएर चर्चा भएको थियो । फिल्मकोे कन्सेप्ट ह्यूमरसँगै हरर हुनेछ ।

‘गोलमाल अगेन’ र ‘स्त्री’ फिल्मले सय करोडको कारोबार गरेपछि बलिउडका प्रोड्यूसर्स र डाइरेक्टर्सको ध्यान हरर-कमेडी फिल्मतर्फ जान थालेकोे छ । यति मात्र होइन, ११ वर्ष अगाडि आएको फिल्म ‘भूलभुलैया’ ले पनि बक्सअफिमा १०८ करोडको कमाई गरेको थियो ।

For More videos Log on to Mazzako TV