प्रियंका चोपडाको बलिउडमा जस्तो के्रज छ, हाम्री नेपाली प्रियंकाको पनि नेपाली फिल्म इन्डष्ट्रीमा उत्तिकै क्रेज छ । दुबै प्रियंका काममा सिरियस र मेहनती छन् । दुबै  नायिकाले आफुलाई ‘भर्सटाईल एक्टर’को रुपमा प्रमाणित गरेका छन् ।

बलिउडमा नायिका प्रियंका चोपडाले एक्टर मात्र नभएर गायिकाको रुपमा पनि आफ्नो छुट्टै पहिचान बनाएकी छिन । यता नेपालमा पनि नायिका कार्की यतिबेला आफ्नो गायकीको क्षमता देखाएर सबैलाई चकित तुल्याएकी छिन् ।

 Priyanka Vs Priyanka

उनले चलचित्र ‘आवरण’को शीर्ष गीत गाएकी छिन् । उनी प्रोफेसनल गायिका त होईनन तर उनको पहिलो रेर्कडेड यो गीत सुन्दा कुनै गायिकाको भन्दा कम लाग्दैन । आवरणको शीर्ष गीतमा प्रियंकालाई यम बुद्वले साथ दिएका छन् । उता बलिउडी प्रियंकाले पनि ‘इन माई सिटी’ र ‘एक्जोटिक’ लगायतका गीत गाएकी छिन् ।

बलिउडकी गायिका प्रियंका कार्कीको आवाजको फ्यान लाखौ छन भने यता नेपाली प्रियंकाको आवाजले पनि स्रोताको मन जित्न सफल भईरहेको देखिन्छ । कहिलेकाही दुबै प्रियंकाको हेयरस्टाईल एउटै हुन्छ, सल्लाह नै गरेर बनाएजस्तो । मज्जाको कुरा के छ भने, बलिउडकी प्रियंकाले पनि शरिरमा टाटू बनाएकी छिन यता कलिउडकी प्रियंका पनि टाटूको सौखिन नै भईन । कार्कीको पनि शरिरमा टाटू देख्न सकिन्छ ।

नेपाली प्रियंका कार्की बलिउडकी प्रियंकाको फ्यान समेत रहेको बताउछिन् । उनलाई प्रियंका चोपडाको अभिनय मन पर्छ रे । उता, बलिउडकी प्रियंका चोपडाको ट्वीटर ग्रुपबाट नेपाली प्रियंकालाई प्रशंशा समेत गरिएको थियो ।

दुबै नायिका दुबै गायिका, तर मनमा सधै उब्जने मज्जाको प्रश्न, हेर्दा पनि उस्तै उस्तै लाग्ने यी दुई नायिकाहरु कतै पुर्वजन्मका दिदी बहिनी त थिएनन ?

नायिका प्रियंका काकीले गाएको चलचित्र ‘आवरण’को शीर्ष गीत ।

नायिका प्रियंका चोपडाले गाएको गीत ‘एक्जोटिक’ ।

For More videos Log on to Mazzako TV