निर्देशक मिलन चाम्सले निर्देशन गर्न लागेको सिनेमा विर विक्रम २ का लागि अभिनेता आकाश श्रेष्ठलाई फाइनल गरिएको छ । आकाशले हालै मात्र रामकहानी सिनेमामा काम गरेका थिए ।

रामकहानी रिलिज नभएसम्म नयाँ सिनेमा साइन नगरेका आकाशले अब भने विर विक्रम २ मा काम गर्न लागेका हुन् । अभिनेता अनमोल केसीलाई लिएर ब्याचलर बन्टी बनाउने तयारी गरेका निर्देशक मिलन चाम्सले ब्यालचर बन्टी तत्काल नबन्ने भएपछि विर विक्रम २ सुरु गर्न लागेका हुन् ।

यो सिनेमामा अभिनेत्री बर्षा सिवाकोटी पहिले नै फाइनल छिन् । फिल्ममा दयाहाङ राई र नाजिर हुसेन पनि फाइनल छन् ।

For More videos Log on to Mazzako TV