Baato muniयसकुमार र बाबु बोगटी अभिनित चलचित्र ‘बाटो मुनिको फूल’बाट उनीहरुले राम्रो तारिफ पाए । चलचित्रले ब्यबसायिक सफल्ता हासिल गर्न भने सकेन । तर, चलचित्र ‘बाटो मुनिको फूल’लाई धेरै नेपालीहरुले हेरे । कसैले हलमा हेरे ,कसैले कम्प्युटरमा हेरे, कसैले मोबाईलमा हेरे, तर हेर्न चाही धेरैले नै हेरे । जतिले हेरे, प्राय सबैले चलचित्र राम्रो लागेको प्रतिक्रिया दिए ।

पाईरेसीले चलचित्रको ब्यापारलाई खत्तम नपारेको भए, चलचित्र ब्यबसायिक रुपमा पनि उत्र्कष्ट हुने थियो । तर, त्यही चलचित्रको क्रेजलाई क्यास गर्न ‘बाटो मुनिको फूल २’ बन्ने भएको छ । चलचित्रहरुको सिक्वेल बन्ने क्रम बढि रहेको बेला चलचित्र ‘बाटो मुनिको फुल’को पनि सिक्वेल बनाउन लागिएको छ ।

अघिल्लो चलचित्र ‘बाटो मुनिको फूल’मा सुरज सुब्बा नाल्बो निर्देशकको रुपमा रहेका थिए भने अब बन्ने सिक्वेलको चाहि नवल नेपालले निर्देशन गर्नेभएका छन् । चलचित्रको मुख्य कलाकारहरुको रुपमा पुरानै जोडी यस कुमार र बाबु बोगटी रहनेछन् ।

चलचित्रका मुख्य कलाकारहरु छनौट भएपनि चलचित्रमा नायिकाहरु को को रहनेछन भन्ने बिषयमा भने अझै टुङ्गो लाग्न सकेको छैन । पुरानो ‘बाटो मुनिको फूल’मा रेखा थापा र नन्दिता केसी नायिकाको रुपमा रहेका थिए ।

चलचित्र ‘बाटो मुनिको फूल २’ मा यस कुमारको कथा र संगीत रहनेछ । चलचित्रलाई संजय लामाले खिच्नेछन् । सरु न्यौपाने, प्रेम कँडेल र गोकुल थापाले निर्माण गर्न लागेको चलचित्र ‘बाटो मुनिको फूल २’ मा चन्द्र पन्थको एक्सन रहनेछ । चलचित्र निर्माण युनिटले गराएको जानकारी अनुसार कलाकारहरुको छनौट भईसक्ने बित्तिकै बाटो मुनिको फूल २ फ्लोरमा जानेछ ।

For More videos Log on to Mazzako TV