निर्देशक विकाराज आचार्यले अभिनेत्री स्वस्तिमा खड्कालाई फेरि रोजेका छन् । नाई नभन्नु ल ५ मा काम गरेपछि विकासले स्वस्तिमाको काम मन पराएका थिए । यो सिनेमा हिट पनि भयो । यही भएर पनि होला, स्वस्तिमालाई विकासले आफ्नो नयाँ सिनेमामा लिएका छन् ।

विकास यसपटक नाई नभन्नु ल को ब्रान्ड बाट हटेर नयाँ नाममा सिनेमा बनाउने तयारीमा छन् । उनले बनाउन लागेको नयाँ सिनेमाको नाम हजार जुनी सम्म राखिएको छ । यो सिनेमालाई म्यूजिक लभ स्टोरी कथामा तयार गरिनेछ । विकासको यो सिनेमामा स्वस्तिमाले काम गर्ने फाइनल भएको हो ।

अभिनेता भने को राख्ने फाइनल भएको छैन । नयाँ अनुहारमा नै विकासको मन गएको छ । सिनेमाको छायांकन चाडै सुरु हुँदैछ ।

For More videos Log on to Mazzako TV