लोकप्रिय गायक रामचन्द्र काफ्लेको ‘बिदेशिए’ बोलको नयाँ गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ । गीतलाई गायक रामचन्द्र काफलेले आफनै अफिसियल युटुब च्यानलबाट सार्वजनिक गरेका हुन्।

भिडियोमा पैसा कमाउन बिदेश हिडेको श्रीमानलाई छलेर ,उसको दुख र मेहनत अनि बिस्वाशलाई तोडेर आफु खुसि हुने र आफ्नो रमाउने ,प्राय घटीरहने सामाजिक र पारिवारिक घटनालाई देखाइएको छ ।

गीतमा रामचन्द्र काफ्लेको एकल आवाज सुन्न सकिन्छ भने शब्द दिनेश सुबेदी रहेको छ र यहि शब्दलाइ संगीत र एरेन्ज भने बाबुल गिरिले भरेका हुन् ।
गीतको म्युजिक भिडियोलाई चर्चित गायक तथा म्युजिक भिडियो निर्देशक गायक साशन कंडेलले निकै कलात्मक तरिकाले निर्देशन गरेका छन । गीतको भिडियोमा सम्पदा बानिया र विजय बराल मुख्य भूमिका रहेको छ भने गीतको भिडियोलाई अर्जुन तिवारी अनि उसको टिमले खिचेका छन् र सम्पादन निशान घिमिरेको रहेको छ ।

For More videos Log on to Mazzako TV