Archana6उनको रुपको प्रशंसा नगर्ने सायदै होलान । मोडलिङ्ग हुदै चलचित्र क्षेत्रमा पाईला बढाएकी अर्चना देलालले यतिबेला भने फिल्मनगरीमा ‘आईटम गर्ल’को परिचय बनाएकी छिन् । उनी आईटम गर्लको रुपमा चिनिएकोमा गर्व त गर्छिन नै, तर आफुमा चलचित्रको पुर्ण नायिकाको रुपमा तहल्का मच्चाउन सक्ने क्षमता रहेको पनि बताउछिन् ।

यतिबेला बंगाली चलचित्र ‘अन्डर द सेम स्काई’मा मुख्य नायिकाको रुपमा काम गरिरहेकी अर्चना देलालले भनिन् “यो चलचित्रपछि भने मलाई धेरैले विश्वास गर्नुहुनेछ भन्ने लागेको छ ।” उनले यसअघि चलचित्र ढुवानीको आईटम गीत ‘छलक छलक’ मा आफ्नो जोवनलाई छल्काएर धेरैको मन जिति सकेकी छिन् ।

बैशाख २६ गतेबाट अलनेपाल रिलिज हुन लागेको चलचित्र ‘दमदार’मा पनि उनले आईटम गीतमा भरपुर मस्ती गरेको देख्न सकिन्छ । ‘जिकज्याक जवानी’ बोलको उक्त गीतमा उनले खुलेरै आफ्नो जवानी सो गरेकी छिन् ।

अष्ट्रेलियामा रहदा पनि मोडलिङ्ग मै अधिकांश समय बिताउने अर्चनालाई फोटोसुटमा एकदमै इन्ट्रेस रहेको बताउछिन् । मज्जाको अनलाईनसँगको एक भेटमा उनले भनिन “आईटम गीतमा तहल्का मच्चाईरहेकी छु, अब चलचित्रको नायिका बनेर तहल्का मच्चाउछु, हेर्दै गर्नुहोला।”

हेरौ,अर्चनाको हट अन्दाज यस्तो छ ।

Archana2

Archana7

Archana3

Archana5

Archana

Archana1

Archana8

For More videos Log on to Mazzako TV