असोज ५ गतेदेखि दशैं मनाउन काठमाडौं उपत्यकाबाट आफ्नो घर जाने यात्रुका लागि अग्रिम टिकट बुकिङ खुला हुने भएको छ । आइतबार सरकारसँग भएको वार्तापछि यातायात व्यवसायी असोज ५ गतेदेखि अग्रिम टिकट बुकिङ खुला गर्न तयार भएका हुन् ।

यातायात व्यवस्था विभागका महानिर्देशक लावण्य ढकालको अध्यक्षतामा बसेको बैठकले अग्रिम बुकिङ खुला गर्ने सहमति गरेको हो ।

‘आगामी ५ गतेदेखि बुकिङ खुला गर्ने गरी सबै पक्षले तयारी थाल्ने सहमति भएको छ’ अनलाइनखबरसँगको कुराकानीमा उनले भने, ‘सबै माग संबोधनको विषय के-कसरी बढाउने भन्ने विषयको टुंगो सरकारले नै गर्ने भएको छ, भाडाको विषयमा पनि सरकारले निर्णय गर्नेछ ।’

For More videos Log on to Mazzako TV