SRK newयस्तो लाग्छ कि आफ्नी कोरियोग्राफर साथी फराह खानसँग फिल्ममा काम गर्ने बित्तिकै उनलाई उपहार दिनु शाहरुखको परम्परा नै हो । अहिलेसम्म किंग खान शाहरुखले फराहसँग दुईवटा चलचित्रमा काम गरेका छन् । र यि दुवै फिल्मको रिलिज अघि शाहरुखले फराहलाई बिशेष गिफ्ट दिएका थिए, त्यो पनि आकर्षक कार नै ।

अहिले यो जोडीको तेस्रो फिल्म ‘ह्याप्पी न्यु इयर’ रिलिज हुन लागिरहेको छ । त्यही भएर पनि शाहरुखले पुन एकपटक आफ्नो परम्परालाई कायम राख्दै फराहलाई लक्जरियस मर्सिडीज कार गिफ्ट दिएका छन् ।

फराहले ट्वीटरमा गिफ्टमा पाएको कारसँग फोटो खिचाएर अपलोड गरेकी छिन्, उनका साथमा शाहरुख पनि तस्वीरमा देखिएका छन् । उनले शाहरुखलाई उपहारको लागि धन्यवाद दिएकी छिन् ।

Srk
यसअघि पनि शाहरुखले मै हुँ ना’ फिल्मको रिलिज अघि फराहलाई ह्युन्डाईको आकर्षक कार गिफ्ट दिएका थिए । त्यस्तै ‘ओम शान्ति ओम’ चलचित्रको रिलिज अघि उनले फराहलाई सेतो मर्सिडिज गिफ्ट गरेका थिए ।

फराह खानको चलचित्र ‘ह्याप्पी न्यू इयर’मा शाहरुख खानको साथमा अभिषेक बच्चन, दीपिका पादुकोण, बोमन इरानी, सोनु सूद लगायतका कलाकारहरुले अभिनय गरेका छन् । चलचित्रलाई दिवालीको आसपासमा रिलिज गर्ने तयारी भईरहेको छ ।

For More videos Log on to Mazzako TV