Salman Khanबलिउडका ‘दबंग’ अर्थात सलमान खान केटाकेटीलाई धेरै नै माया गर्छन । फुर्सद मिल्ने बित्तिकै सलमान आफ्नो परिवारका केटाकेटीसँग मस्ती गर्न थालिहाल्छन् । साना नानीहरुसँग मज्जाले चकचक गर्न उनी माहिर छन् ।

केटाकेटीसँग खेलेर प्रशस्त समय बिताउने सलमान खानको यतिबेला आफ्ना भतिज योहानसँग पन्जा लडाउदै गरेको तस्वीर सार्वजनिक भएको छ । यो तस्वीरबाट पनि प्रष्ट हुन्छ उनी केटाकेटीहरुसँग कति रमाउछन भनेर ।

सलमानका भाई सोहेल खानका छोरा योहान र सलमान बीचको यो कुश्ती स्टाईलको फोटो उनीहरुको फार्महाउसमा लिईएको हो । बास्तवमा यो तस्वीर सलमानको ‘Being Human’ क्याम्पेनिङ्गको लागि भनेर नै लिईएको हो । यो तस्वीरको ट्यागलाईन ‘Today I Wear Mischief’ रहेको छ ।

तस्वीरमा योहान पनि सल्लू अंकलजस्तै बिना टिसर्ट देखिएका छन् । सोहेलका छोरा योहान यो बर्षको जुन महिनाबाट तीन बर्षका हुनेछन् ।
Salman

For More videos Log on to Mazzako TV