Ramesh Budathokiनिर्देशक तथा कलाकार रमेश बुढाथोकीलाई ५१ हजार १ रुपैया राशीको ‘चलचित्र कालाकार संघ पुरस्कार’बाट सम्मान गरिने भएको छ । कलाकार संघका निवर्तमान अध्यक्ष समेत रहेका बुढाथोकीलाई चलचित्र कलाकार संघको सो पुरस्कारबाट सम्मान गर्न लागिएको हो ।

आज राजधानीमा बसेको संघको कार्यसमिति बैठकले बर्ष २०७१ को कलाकार संघ पुरस्कार रमेशलाई दिने निर्णय गरेको हो । साथै  बरिष्ठ कलाकार भीमबहादुर थापालाई १५ हजार १ रुपैया राशीको शान्ति मास्के पुरस्कार दिने निर्णय पनि गरिएको छ ।

बर्ष ७१ को चलचित्र पत्रकारिता सम्मान सानुकाजी श्रेष्ठबाट रंगपत्रकार बिजय आवाजलाई सम्मान गर्ने कार्यक्रम रहेको छ । त्यस्तै बिशेष सम्मान डा. प्रदीप भट्टराई र चन्द्र तामाङ्गलाई प्रदान गरिनेछ । चलचित्र कलाकार संघ सेवा सम्मानबाट बिजय देउजा,सानुकुमार ताम्राकार र रवि गिरीलाई सम्मानित गरिनेछ । त्यस्तै नायिका रिमा विश्वकर्मालाई नव प्रतिभा सम्मान दिईनेछ ।

चलचित्र कलाकार दिवसको दिन अर्थात भदौ २४ गते यी पुरस्कार राशीहरु बाट कलाकारहरुलाई सम्मान गरिने कलाकार संघका महासचिव रामकेशर बोगटीले जानकारी गराएका छन् ।

For More videos Log on to Mazzako TV