फिल्म ‘जय भोले’ को ट्रेलर रिलिज गरिएको छ । अशोक शर्माको निर्माण तथा निर्देशन रहेको फिल्मको प्रोमो कमेडीले भरिपूर्ण छ । ‘जय भोले’को  ट्रेलरमा खगेन्द्र लामिछाने, सौगात मल्ल, स्वस्तिमा खड्का, सलोन बस्नेत, बुद्धि तामांग, राजाराम पौडेल, लक्ष्मी गिरी, जयनन्द लामा, बसुन्धरा भूषाल, अशोक शर्मा लगायत कलाकारलाई देख्न सकिन्छ । दशैंमा रिलिज गर्ने भनिएपनि ‘जय भोले’ को प्रदर्शन दिन भने  ट्रेलरमा पनि उल्लेख गरिएको छैन् । ‘घटस्थापनादेखि पूर्णिमासम्म जुन दिनपनि फिल्म रिलिज हुंन सक्छ’, निर्माता तथा निर्देशक शर्माले बिहिबारको प्रेसमिटमा भने ।

खगेन्द्र लामिछानेको लेखन रहेको ‘जय भोले’ मा पुरुषोत्तम प्रधानको छायाँकन, राजनराज सिवाकोटीको संगीत र बसन्त श्रेष्ठको नृत्य निर्देशन रहेको छ । फिल्ममा समावेश ‘उम्लियो भने पोखिन्छ’ बोलको गीत सार्वजनिक भैसकेको छ ।

For More videos Log on to Mazzako TV