भिडियोमा बर्षाको चर्चा शुरु
चलचित्र ‘नाइ नभन्नु ल २’ को चर्चा सँगै चलचित्रकी नवकलाकार बर्षा शिवाकोटीको पनि यतिबेला फिल्मनगरीमा चर्चा चल्न थालेको छ । चलचित्र ‘नाइ नभन्नु ल २’ मा सानो भुमिकामा छिन उनी, तर उनको कामको प्रशंसा भने सबैले गरेका छन् । यतिबेला उनलाई म्युजिक भिडियोहरुबाट पनि अफरहरु आउन थालेका छन् ।
हालसालै उनी सरिता प्रजापतिको आवाजमा तयार भएको ‘सम्झनालाई जाली रुमाल’ बोलको गीतको म्युजिक भिडियोको लागि अनुबन्धित भएकी छिन् । म्युजिक भिडियोको निर्देशन रंगपत्रकार बिधान कार्कीले गर्दैछन् ।
कार्कीको डेब्यु निर्देशकिय भिडियोलाई लिएर बर्षा पनि निकै एक्साईटेड देखिएकी छिन् । अब केही दिनमै भिडियोको सुटिङ्ग थालिने बर्षाले मज्जाको अनलाईनलाई जानकारी दिएकी छिन् ।
यसअघि पनि दुईवटा म्युजिक भिडियोमा अभिनय गरिसकेकी बर्षा अब म्युजिक भिडियोमा राम्ररी छाउने सम्भावना देखिएको छ । उनी अभिनित चलचित्र ‘नाइ नभन्नु ल २’ ले यतिबेला दर्शकको मन जित्न सफल भईरहेको छ ।
तस्वीर-बर्षाको फेसबुकबाट
For More videos Log on to Mazzako TV