समता विध्यालय र अस्पताल मात्र रु. १०० मा पढाउंदै र उपचार गराउँदै आएका समता फाउन्डेसनका संयोजक ‘उत्तम सन्जेल’ ले विवाह गरेका छन् । उनले समता अस्पतालकि हेल्थ एसिस्टेन्ट(एच.ए) कला अधिकारीसँग सोमबार गुहेश्वरी मन्दिर काठ्मान्डौमा विवाह गरेका हुन् ।

अनावश्यक खर्चको अधिक्तम कटौती गरेर महत्त्वपुर्ण काम पनि कसरी सहज रुपमा फत्य गर्न सकिन्छ भन्ने उदाहरण बन्दै आएका सन्जेलको विवाहमा मात्र १० जना जन्ती थिए । मदन कृष्ण श्रेष्ठ , हरी बंश आचार्य लगायत अति नजिकका केहि ब्यक्ती उपस्थित उक्त विवाह मात्र रु ३०० खर्चमा सम्पन्न भयो ।

विवाह मा लागेको खर्च-

सिन्दुर – रु. २५ – मात्र

पोते – रु . ७५ – मात्र

माला (२)– रु. २००– मात्र

जम्मा खर्च– जाबो रु. ३००– मात्र

भोज : एक किलो लड्डु (स्पोन्सर्ड बाई मह जोडी)

उत्तम ले आफ्नो विवाह, दैनिकी पहिरन र खुट्टामा चप्पल लगाएरै सम्पन्न गरेका थिए ।

For More videos Log on to Mazzako TV