चलचित्र ‘रामकहानी’ टिमले प्रदशन मिती नजिकिदै गर्दा प्रचार प्रसार लाई तिब्रता दिएको छ ।

सोमबार काठमाडौँको टुँडिखेलमा सुदूरपश्चिममा भव्यताका साथ मनाइने गौरा पर्व मनाइएको थियो । उक्त कार्यक्रम मा सुदूरपश्चिमका विभिन्न जिल्लाबाट काठमाडौँमा आइ बसोबास गरेका ब्यक्तीहरुको ठुलो उपस्थिती थियो । टँुडिखेलामा आयोजना गरिएको कार्यक्रममा यही आउँदो शुक्रवारबाट प्रदर्शन हुन लागेको चलचित्र ‘रामकहानी’ टिमले पनि सहभागी जनाएको थियो । नायक आकाश श्रेष्ठ, नायिका पूजा शर्मा, कलाकारद्धय जितु नेपाल र राजाराज पौडेल त्यहाँ उपस्थित भएका थिए ।

 

 

 

कार्यक्रमका अर्का आकर्षक ब्यक्ती थिए नेपाली काँग्रेसका सभापति तथा पूर्व प्रधानमन्त्री शेरबहादुर देउवा र पूर्व प्रधानमन्त्री लोकेन्द्रबहादुर चन्द । नेता र अभिनेता सहितको देउडा नाचले उपस्थित दर्शक उत्साहित थिए ।

For More videos Log on to Mazzako TV