November Rain 1चलचित्रको प्रोमोशन गर्न देश दौडाहमा निक्लिएको ‘नोभेम्बर रेन’को टोली यतिबेला पुर्वी नेपालको पहाडी इलाकमा छ । इलाम, पाँचथर र ताप्लेजुङ्गमा नायक आर्यन सहितको टोली चलचित्रको बारेमा सबैलाई जानकारी गराउदै हिडेको छ । चलचित्रको बारेमा दर्शक स्रोताको अपेक्षा निकै राम्रो रहेको निर्माता समेत रहेका नायक आर्यन सिग्देलले बताएका छन् ।

नयाँ बर्षको अवसर पारेर बैशाख १ गते पाँचथर सदरमुकाम फिदिम बजारमा चलचित्रको च्यारिटी सो गरियो । मञ्जरी कला मन्दिरसँगको सहकार्यमा चलचित्र ‘नोभेम्बर रेन’को च्यारिटी सो गरिएको हो ।

फिदिममा रहेको बाराही चलचित्र मन्दिरमा गरिएको च्यारिटी सोमा करिब एक हजार जना दर्शकको उपस्थिति रहेको थियो । सात सय जना दर्शक क्षमता भएको हलमा उभिएरै पनि दर्शकहरुले फिल्म हेरेको निर्देशक दिनेश राउतले मज्जाको अनलाईनलाई जानकारी गराएका छन् । उपस्थित फिदिमबासीको प्रतिक्रियाबाट चलचित्र निर्माण युनिट निकै हौसिएको छ । “चलचित्रलाई सबैले रुचाउनुभएको छ”, नायक आर्यनले भने “अपेक्षा छ सारा नेपालीले चलचित्रलाई माया गर्नुहुनेछ ।”

November Rain

बैशाख १२ बाट अलनेपाल प्रर्दशनमा आउन लागेको चलचित्र ‘नोभेम्बर रेन’मा आर्यन सिग्देल, नम्रता श्रेष्ठ र छुल्ठिम गुरुङ्गको रोमान्स हेर्न पाईनेछ । दिनेश राउतको निर्देशनमा बनेको चलचित्र ‘नोभेम्बर रेन’को गीत संगीतले बजारमा हिट भएको छ । चलचित्रमा तारा प्रकास लिम्बुको संगीत रहेको छ । सुवास गिरी र स्वयं आर्यन सिग्देलले निर्माण गरेको चलचित्र ‘नोभेम्बर रेन’ त्रिकोणात्मक प्रेम कथामा आधारित छ ।

For More videos Log on to Mazzako TV