अभिनेता प्रसान्त ताम्रकार अभिनित फिल्म ‘कस्मिक लभ’ को पहिलो गीत सार्वजनिक भएको छ । मुभी मेकर्सको ब्यानरमा निर्माण भईरहेको फिल्मको ‘कोया कटरको’ बोल गीत सार्वजनिक भएको हो । गीतको भिडियोमा फिल्मका मुख्य पात्रहरु प्रसान्त ताम्राकार, दिया मास्के, रिजन थापा, पूजन थापा र राजाराम पौडेल प्रस्तुत छन् । लोकलयमा आधारित गीतमा रामचन्द्र काफ्ले र लक्ष्मी स्याङ्गटाङ्गको स्वर छ, भने बाबुल गिरिले संगीत दिएका छन् । दिनेश सुबेदीको शब्द रहेको गीतलाई रविन शाहले कोरियोग्राफ गरेका छन ।

सुरज प्रधानको प्रस्तुति रहेको फिल्मको छायांकन अब केहि प्रतिशत मात्र बाकी रहेको जानकारी निर्माण टिमले दिएको छ । जय गौतम निर्माताको रुपमा रहेको फिल्ममा कार्यकारी निर्मातामा मदन ताम्राकार तथा सह निर्मातामा विकास सिंह पुजारी रहेका छन् । यस्तै फिल्ममा एस के अधिकारी तथा शेखर ज्ञवालीको संयुक्त लेखन रहेको छ भने,संगीत बाबुल गिरी तथा गीत एस के अधिकारी र दिनेश सुवेदीको रहेको छ ।

लभ स्टोरी जनरामा निर्माण भइरहेको यो फिल्ममा बि एस बलामी तथा एस के. अधिकारीको निर्देशन रहेको छ । फिल्ममा प्रशान्त ताम्राकार,दिया मास्के,अर्पण थापा,रिजन थापा,पुजन थापा,रोबिन तामांग,राजाराम पौडेल,पुरन थापा,देब महर्जन तथा सागर खनाल लगायतको अभिनय छ । फिल्म यहि तिहारको अवसर पारेर प्रदर्शन हुदैछ ।

For More videos Log on to Mazzako TV