30x40 02

स्वं. शिव रेग्मी निर्देशित चलचित्र ‘मनले मनलाई छुन्छ’को ब्यापारबाट नायक तथा निर्माता बिरेन श्रेष्ठ निकै खुशी देखिएका छन् । माउथ पब्लिसिटीले गर्दा चलचित्रको ब्यापार दिनैपिच्छे बढिरहेको उनले बताए । “चलचित्रको इनिसियल त्यती राम्रो भएन तर एक पटक चलचित्र हेरिसकेका दर्शकले चलचित्रको बारेमा अरुलाई भनिदिदा चलचित्रले राम्रो ब्यापार गरिरहेको छ”, निर्माता श्रेष्ठ बताउछन् ।

नयाँ बर्षको दिन सोमबार चलचित्रको ब्यापार अरुदिनभन्दा निकै उच्च रहेको चलचित्र युनिट जानकारी गराउछ । सोमबार धेरै बटा हलहरुमा चलचित्रले हाउसफुलको ब्यापार गरेको छ । निर्माता श्रेष्ठका अनुसार विश्वज्योती हलमा दुई सो बाट २ लाख ४५ हजार,  गुण सिनेमा बाट १ लाख २७ हजार, गोपीकृष्णबाट १ लाख ८४ हजार त्यस्तै चितवनको इन्द्रदेव हलबाट २ लाख ३५ हजार, हेटौडाको ओम हलबाट १ लाख ४५ हजारको ब्यापार नयाँ बर्षको दिनमा चलचित्रले गरेको छ ।

गोपीकृष्ण र अष्टनारायणमा भने ‘मनले मनलाई छुन्छ’को लागि सानो हल भागमा परेकाले ब्यापारमा असर गरिरहेको उनी गुनासो पोख्छन् । चलचित्र हेरेका दर्शकले नै हाम्रो चलचित्रको मार्केटिङ्ग गरिरहेको कारणले गर्दा अब चलचित्रको ब्यापार अझै बढेर जाने अपेक्षा छ श्रेष्ठ भन्छन् “बास्तवमा इनिसियल भन्दा पनि लङ्ग रनमा जाने सिनेमा हो मनले मनलाई छुन्छ ।”

चैत्र २८ गतेबाट अलनेपाल रिलिज भईरहेको चलचित्र ‘मनले मनलाई छुन्छ’ स्वं. निर्देशक शिव रेग्मीको प्रर्दशनका हिसाबले अन्तिम सिनेमा हो । पारिवारिक प्रेम कथामा आधारित सिनेमा ‘मनले मनलाई छुन्छ’मा बिरेनका अलावा गरिमा पन्त, सुमन सिंह, मिथिला शर्मा, केशव भट्टराई, सृजना बस्नेत लगायतको मुख्य भुमिका रहेको छ ।

For More videos Log on to Mazzako TV