Mero Best Friend

 नायिका प्रियंका कार्कीको बेष्ट फ्रेन्ड को होला त? थाहा पाउन बैशाख २६ गतेसम्म पर्खनै पर्छ । किनकी यही बैशाख २६ गतेदेखि उनी अभिनित चलचित्र ‘माई बेष्ट फ्रेन्ड’ रिलिज हुदैछ । मित्रताको कथा बोकेको यसै चलचित्रबाट यतिबेला शीर्ष गीत रिलिज गरिएको छ ।

सार्वजनिक गरिएको नयाँ गीतमा सुगम पोख्रेलको आवाज र संगीत रहेको छ । गीतको शब्द रचना भुपेन्द्र खड्काले गरेका हुन् । प्रशन्न पौडेल निर्देशित चलचित्र ‘माई बेष्ट फ्रेन्ड’मा रेश मरहठ्ठा, दिवस उप्रेती र प्रियंका कार्कीको मुख्य भुमिका रहेको छ ।

चलचित्र ‘माई बेष्ट फ्रेन्ड’को शीर्ष गीत यस्तो छ । हेरौ भिडियो ।

For More videos Log on to Mazzako TV