सन्तोषको निर्माण रहेको फिल्म ‘मेरी मामु’ को ट्रेलर सार्वजनिक भएको छ । बिहीवार राजधानीको जावलाखेल स्थित डिएभी स्कूलका विद्यार्थीहरु, फिल्म युनिट र संचारकर्मीको साथमा ट्रेलर गरिएको हो । फिल्मबाट निर्माता सेनका ६ वर्षिय छोरा आयुब सेन मुख्य भूमिकामा छन् । उक्त फिल्ममा कुसुम गुरुङले आयुबकी आमाको भूमिका निर्वाहा गरेका छन् । पिताको भूमिकामा अभिनेता शारुक ताम्राकार छन् भने आमाको भूमिकामा कुसुम गुरुङ प्रस्तुत छिन् ।

याम थापाकै लेखन तथा रहेको फिल्म ‘मेरी मामु’ मा आयुव, शारुक र कुसुमसँगै प्रेम गीत २ की नायिका अश्लेषा ठकुरी, अभिनेत्री भुवन चन्द, कलाकारहरु दुर्गा मल्ल ठकुरी, कृजन गौतम र सानु ताम्रकारको अभिनय छ ।
आशुसेन फिल्मसको ब्यानरमा निर्माण गरिएको ‘मेरी मामु’ भदौ १५ गतेबाट अल नेपाल सार्वजनिक प्रदर्शनमा आउँने छ । पुरुषोत्तम प्रधानको छायाँकन, बनिश शाह र भुपेन्द्र अधिकारीको सम्पादन रहेको फिल्ममा अष्ट महर्जनको द्धन्द्ध छ । फिल्ममा कार्यकारी निर्माताको रुपमा रेशमजंग शाह छन् ।

For More videos Log on to Mazzako TV