सविर श्रेष्ठ निर्देशित फिल्म ‘बाँध मायाले’ को शिर्ष गीत सार्वजनिक गरिएको छ । राजधानीमा एक कार्यक्रमको आयोजना गर्दै फिल्मको ‘बाँध मायाले’ बोलको गीत सार्वजनिक गरिएको हो । अर्जुन पोखरेलको शब्द, संगीत रहेको गीतमा सुगम पोखरेल र अन्जु पन्तको स्वरले मन छुन्छ । भिडियोमा नायक आर्यन अधिकारी र नायिका सृष्टि श्रेष्ठ रोमान्टिक मुडमा प्रस्तुत भएका छन् । कविराज गहतराजको कोरियोग्राफी रहेको भिडियो मज्जाको बनेको छ ।

फिल्म बाँध माया असोज ५ गतेबाट अलनेपाल सार्वजनिक प्रदर्शनको तयारी गरिएके छ । फिल्ममा आर्यन र सृष्टिसँगै राजाराम पौडेल, रविन्द्र प्रतास सेन, विशाल चाम्लिंगको अभिनय छ । यसै फिल्मबाट किशोर खड्का नव नायकको रुपमा डेव्यु गरेका छन् । रामहरी धिताल र विभिषिका श्रेष्ठ निर्माता रहेको फिल्ममा महेन्द्र अधिकारी र केदार धिताल सह निर्माताको रुपमा रहेका छन् । फिल्मका छायाँकार बाबु श्रेष्ठ हुन् ।

For More videos Log on to Mazzako TV