सकियो, ‘सेतो बाघ’
चलचित्र ‘सेतो बाघ’को सुटिङ्ग सकिएको छ । नीर शाह निर्देशित ‘सेतो बाघ’को ५१ औँ दिनमा ईन्डक्ल्याप गरिएको छ । काठमाण्डूको सिनामंगल स्थित एक गार्मेन्टमा लगाईएको सेटबाट सुरु भएको छायाकंन पाटन दरबार संग्राहालय, केशर महल, चितवनको मेघौली, सिंहदरबार स्थित रक्षा मन्त्रालयको बेलायती बैठक हुँदै भक्तपुर कमल बिनायकमा पुगी सुटिङ्ग सकिएको हो ।
सोचे अनुसारकै काम भएको बताउदै निर्देशक शाहले भनेका छन्, “अब चाडै फिल्मको टिजर रिलिज गर्नेछौ ।” चलचित्रमा अधिकांश कलाकारहरु नयाँ छन् । तर पनि चलचित्रको कथालाई यथार्थता प्रदान गर्न चलचित्रको सुटिङ्ग चलिईरहेको बेला केही स्थापित अनुहारहरुलाई पनि इन्ट्री गराईएको थियो । चलचित्रमा मुख्य पात्र जंगबहादुरको भूमिकामा बिएस राणा लाई देख्न पाईनेछ । त्यस्तै सिनेमामा राजाराम पौडेल, रवि गिरी, पवन मैनाली लगायतका चर्चित अनुहारहरुलाई पनि देख्न पाईनेछ ।
दुर्घटनामा परि घाईते भएका पवनले ११ बर्षको अन्तरालमा ‘सेतो बाघ’बाट अभिनय पुनः सुरु गरेका हुन । यस ऐतिहासिक फिल्मलाई सञ्जय लामाले खिचेका छन् भने नीरा राणाले भेषभुषा र निर्जल श्रेष्ठ कला निर्देशनको जिम्मेवारी बहन गरेका छन् ।
For More videos Log on to Mazzako TV