फिल्म ‘सुश्री सम्पति’ टिमले रिलिज डेट सार्वजनिक गरेको छ । फिल्म यसअघि भाद्र २२ मा रिलिज हुने भनिएको थियो । प्राविधिक कारणले गर्दा उक्त डेटमा रिलिज गर्न नसकिएको निर्देशक सुब्रतराज अर्चायले बताए । अब फिल्म मङ्सिर २८ लाई रिलिज डेट फाइनल गरिएको निर्माण टिमले बताएको छ । फिल्मको पहिलो गीत ‘हुकुम’ बालेको गीत केहि समय अगाडी मात्र सार्वजनिक गरेको थियो ।

आचार्य निर्देशित अघिल्लो फिल्म ‘अर्धकटी’ जस्तै ‘सुश्री सम्पति’मा कमेडी लभ स्टोरी रहेको बताइएको छ । फिल्मको कथा स्वयम निर्देशकले लेखेका हुन् । फिल्ममा सलोन बस्नेत, सारा सिर्पाली र बिनोद न्यौपाने प्रमुख भूमिकामा छन् ।

त्यस्तै फिल्ममा राजाराम पौडेल, जयानन्द लामा, विनोद न्यौपाने, प्रमोद अग्रहरी, रोशनी कार्की आदिको पनि अभिनय छ । यस फिल्ममा नायिका प्रियंका कार्कीको विशेष भूमिका रहेको छ । विज्ञान राई, नुनम सुब्बा, रमन सिलकरको लगानीमा फिल्म निर्माण भएको हो । अर्जुन तिवारीको छायांकन, कविराज गहतराजको कोरियोग्राफी, सुरेश अधिकारीको संगीत, भरत रेग्मीको सम्पादन रहने फिल्म राहुल इन्टरटेनमेन्टको ब्यानरमा निर्माण भएको हो ।

For More videos Log on to Mazzako TV