अब पालो दोस्रो ए मेरो हजुरको
सिक्वेल चलचित्र बन्ने पछिल्लो समयको ट्रेन्डलाई फलो गर्दै चलचित्र ‘ए मेरो हजुर’को पनि सिक्वेल बन्ने भएको छ । बन्न लागेको चलचित्र ‘ए मेरो हजुर २’ को निर्देशन नायिका झरना थापाले गर्ने भएकी छिन् ।
स्वं. शिव रेग्मी निर्देशित ‘ए मेरो हजुर’ले नेपाली सिने बजारमा तहल्का मच्चाउन सफल भएको थियो । अब बन्ने सिक्वेलमा पनि निर्माण युनिटले सोही अपेक्षा राखेको छ । एस के प्रोडक्सनको ब्यानमा निर्माण भएको चलचित्र ‘ए मेरो हजुर’को बिशेषत गीत संगीतले सबैको मन जित्न सफल भएको थियो ।
ब्यबसायिक रुपमा सफल मानिएको चलचित्र ‘ए मेरो हजुर’को सिक्वेल भने नायिका झरना थापाको होम प्रोडक्सनबाट बन्नेछ । यतिबेला नायिका थापा चलचित्रको कथा धमाधम आफै लेखिरहेकी छिन् ।
बन्न लागेको चलचित्र ‘ए मेरो हजुर २’ मा पुरानै चलचित्र ‘ए मेरो हजुर’को गीतहरु हुनेछन । तर, सबै गीतहरुलाई पुन एरेन्ज गरेर नयाँ रुपमा चलचित्रमा राखिने जनाकारी गराईएको छ । चलचित्रमा झरना थापा र स्वतन्त्र प्रताप शाह मुख्य भुमिकामा हुनेछन । भदौ बाट फ्लोर ज्वाईन गर्ने यस चलचित्रका अन्य कलाकारहरु भने छनौट भईसकेको छैन ।
For More videos Log on to Mazzako TV