1546029_678497235533651_1607859431_nहाँस्यकलाकार दिपकराज गिरीको  आज जन्मदिन हो । आजबाट दिपक ४४ बर्ष पुरा गरि ४५ बर्षमा लागेका छन् । प्रत्येक नयाँ बर्षको दिनमा जन्मदिन मनाउने दिपकले यसपाली भने डबल खुशी शेयर गरे । एकातिर चलचित्र ‘६ एकान ६’ को सफल्ताको खुशी अर्कातिर आजबाट दरबारमार्गमा भएको किंग्स क्याफे आफ्नो बनाएको खुशी ।

दिपक दिपा र निर्मल शर्माले मिलेर किंग्स क्याफे किनेका छन् ।  किनिएको आफ्नो नयाँ क्याफेमा राती बाहृ बजे नै उनले करिब सय जना जति आफ्ना शुभचिन्तक र साथीभाईहरु माझ केक काटेका छन् । विहान ७ बजेदेखि भने उनी पशुपतिनाथको मन्दिर लगायत उपत्यकाका प्राय सबै मन्दिरहरुमा दर्शन गरिरहेका छन् । दिपकका अनुसार दिउसो १ बजे एउटा र राती ६ बजे अर्को केक काट्ने योजना रहेको छ ।

जन्मदिनको उपलक्ष्यकमा दिपकले आफु झनै योङ्ग हुदै भएको प्रतिक्रिया दिएका छन् साथै आफुलाई माया गर्ने दर्शक स्रोतालाई पनि उनले धन्यवाद दिन भ्याए । “भगवानले मलाई यस्तो सुन्दर देशमा जन्मदिनु भएकोमा म उहाँलाई धेरै धरै धन्यवाद भन्न चाहन्छु” खुशी साट्दै दिपकले प्रतिक्रिया दिएका छन् ।

दिपकराजकी पर्दाकी जोडी दिपाले राती १२ बजे नै दिपकलाई जन्मदिनको शुभकामना दिईन । “यति राम्रो मेरो साथी यो धर्तीमा पठाईदिएकोमा म पहिले त माता सरस्वती र पिता राम गिरीलाई धन्यवाद दिन चाहान्छु” जन्मदिनको शुभकामना दिदै दिपाले भनिन् “जुन साथीले गर्दा आज हाम्रो जोडी जमेको छ, सबैले मन पराउनु भएको छ, जे होस जिवन सफल भएको छ ।”

Deepa

दिपालाई दिपकको केयरिङ्ग नेचर मनपर्छ रे । पर्दाको मात्रै नभएर रियल जोडी कहिले बन्ने त भन्ने प्रश्नमा भने खित्का नै छोडेर हाँसिन् अनि भनिन “हामी साच्चैको जोडी बन्न त नेपालको कानुन नै परिवर्तन हुनु पर्छ ।”

हाँस्यकलाकार तथा ‘तितो सत्य’का निर्देशक दिपकराज गिरी, दिपाश्री निरौला र निर्मल शर्मा गैडा मिलेर निर्माण गरेको चलचित्र ‘६ एकान ६’ ले तीन करोडको ग्रस कलेक्सन गरेको छ । नयाँ सिनेमा बनाउने तयारीमा समेत जुटिसकेका दिपकलाई मज्जाको अनलाईनको तर्फबाट जन्मदिनको लाखौलाख शुभकामना ।

For More videos Log on to Mazzako TV