सञ्चारकर्मी सुव्रत आचार्य निर्देशित फिल्म ‘सुश्री सम्पत्ती’ को पहिलो गीत सार्वजनि भएको छ । बुधबार राजधानीमा एक कार्यक्रमको आयोजना गर्दै ‘हुकुम बक्सियोस्’ बोलको गीतको भिडियो सार्वजनिक गरिएको हो । सुरेश अधिकारीको शब्द संगीत रहेको गीतमा मेलिना राई र विशाल राईले स्वर दिएका छन् । सलोन बस्नेत, सारा सिर्पाली र विनोद न्यौपाने फिचर भएको भिडियोलाई गम्भिर विष्टले कोरियोग्राफी गरेका हुन् ।

‘हुकुम बक्सियोस्’ गीतमा एरेञ्ज राजन इशानले गरेका छन् । गीतमा सलोन, सारा र विनोदलाई भारदार अवतारमा देख्न सकिन्छ । फिल्म सुश्री सम्पत्ती लाई रमेश त्वयाना, विज्ञान राई, नुनाम सब्बा र रमन शिखरले संयुक्त रुपमा लगानी गरेका छन् । फिल्ममा शिवराम श्रेष्ठको छायांकन र भरत रेग्मीको सम्पादन छ ।

फिल्मको रिलिज मिति भने तय गर्न बाँकी रहेको निर्देशक आचार्यले खुलाए । सुरुमा फिल्मलाई भदौ २२ लाई प्रदर्शन मिति तोकिएको थियो ।

For More videos Log on to Mazzako TV