‘हिम्मतवाली’ रेखाको यो कस्तो अवतार ?
नव बर्षको शुभकामना सहित नायिका रेखा थापाले उनको आगामी चलचित्र ‘हिम्मतवाली’को पोष्टर रिलिज गरेकी छिन् । पोष्टरमा उनी निकै ‘बोल्ड एण्ड बियुटीफुल’ देखिएकी छिन् । रेखाको आफ्नै लगानी रहेको चलचित्र ‘हिम्मतवाली’ दशैमा रिलिज गर्ने उनको लक्ष्य रहेको छ । यतिबेला चलचित्रको पोष्ट प्रोडक्सनको काम भईरहेको छ ।
चलचित्र ‘हिम्मतवाली’को सुटिङ्गदेखि नै निकै चर्चामा रहेकी रेखाका अनुसार चलचित्र नारी प्रधान रहेको छ । आफु पछिल्लो समय नारी प्रधान चलचित्र बाहेक अरु फिल्महरुमा काम नगर्ने पनि उनले जानकारी दिएकी छिन् । चलचित्रको सुटिङ्गको बेला निर्देशक श्याम भट्टराईसँगको झगडाका कारणले गर्दा पनि नायिका रेखा चर्चित बनेकी छिन् ।
निर्देशकलाई चलचित्रको सेटबाट हटाएर आफै निर्देशक बनेकी रेखाको चलचित्र ‘हिम्मतवाली’लाई दर्शकले कत्तिको रुचाउने हुन त्यो भने प्रर्दशनमा आएपछि नै थाहा हुनेछ । चलचित्र ‘हिम्मतवाली’को चाडै नै गीत र ट्रेलर रिलिज गरिने नायिका रेखाले जानकारी गराएकी छिन् ।
नयाँ बर्षको उपलक्ष्यकमा रिलिज गरिएको ‘हिम्मतवाली’को पोष्टर यस्तो छ ।