पछिल्लो समय फिल्मको प्रचार प्रसारलाई बलियो माध्यम बनाउँनको लागि गीतसंगीतलाई फरक तथा आकर्षक बनाउँन फिल्म युनिट लागिपर्ने गरेका छन् । गीतसंगीतलाई केहि पृथक देखाउने कोसिस सहित भाद्र २२ मा प्रदर्शन हुने फिल्म ‘सुश्री सम्पति’ युनिटले छायाँकन गरिरहेको छ । फिल्ममा समावेश ‘हुकुम’ बोलको गीतमा दरबारमा भारदारहरुसंगको नाच र रमाइलो प्रस्तुत गरिएको छ भने पोशाक पनि त्यहि अनुरुप तयार गरिएको छ ।


झन्डै ८० भन्दा बढी कोरस सहित यस गीतमा सलोन बस्नेत, सारा सिर्पाली र बिनोद न्यौपाने फिचर्ड छन् । गीतलाई गम्भीर बिस्टले निर्देशन गरिरहेका छन् । सुरेश अधिकारीको शब्द र संगीत रहेको गीतमा बिशाल राई र मेलिना राइको स्वर छ । गीतलाई शिवराम श्रेष्ठले छायाँकन गरिरहेका छन् । फिल्मका छायाँकार भने अर्जुन तिवारी हुन् । रङ पत्रकार सुव्रत आचार्यको निर्देशनमा तयार भईरहेको यस फिल्मको गीतको पाटन दरबार लगायतको रमणीय दृश्यमा छायाँकन भईरहेको छ । फिल्ममा प्रमोद अग्रहरी, राजाराम पौडेल, विशारद बस्नेत, सुनिता श्रेष्ठ ठकुरी लगायतकाको पनि अभिनय रहेको छ, भने यसमा प्रियंका कार्की पनि अतिथि भूमिकामा देखिनेछिन् ।

रमेश त्वायना प्रस्तुतकर्ता रहेको ‘सुश्री सम्पत्ति’ को कथा निर्देशक सुव्रत आफैले लेखेका हुन् । फिल्मको निर्मातामा विज्ञान राई, नुनम सुब्बा र रमन सिलाकार रहेका छन् । अभिमन्यू निरवी र निर्देशक आचार्यको डाइलग रहने फिल्मको स्क्रिनप्ले अभिमन्यूकै रहेको छ । फिल्मलाई उपत्यकामा बिके फिल्मसका गोपाल काजी कायस्थ र मोफसलमा एफडी कम्पनीले वितरण गर्नेछ । फिल्मलाई भरत रेग्मीले सम्पादन गरिरहेका छन् ।

For More videos Log on to Mazzako TV