भदौ २९ बाट प्रदर्शनमा आउँने कमेडी जनरामा निर्माण भएको फिल्म ‘साली कसको भेनाको’ को गीत सार्वजनिक गरिएको छ । राजधानीमा एक कार्यक्रमको आयोजना गर्दै भद्र भुजेल निर्देशित फिल्मको ‘माया तिमीलाई’ बोलको गीत सार्वजनिक गरिएको हो ।

सुरज शाही ठकुरीको शब्द, प्रसाद श्रेष्ठ र मिन घलानको संगीत रहेको गीतमा सुरज सिंह र आकंक्षा बस्यालको आवाज सुन्न सकिन्छ । गीतलाई बसन्त श्रेष्ठले कोरियोग्राफी गरेका छन् ।


पुरानो सुपरहिट फिल्महरु कान्छी, सन्तान तथा कर्जा जस्ता फिल्म निर्माण गरेका प्रसाद श्रेष्ठ प्रस्तुतकर्ता रहेको ‘साली कसको भेनाको’ लाई राम प्र.श्रेष्ठ, सुशील गोपाल, काजिमान श्रेष्ठ, कमल भट्टराई तथा मुक्ति अधिकारीले संयुक्त रुपमा निर्माण गरेका हुन् ।

मुभिङ पिक्चर्स प्रालि द्वारा निर्माण गरिएको फिल्ममा विल्सन बिक्रम राई, बुद्दि तामाङ, रजनी गुरुङ ,मरिश्का पोख्रेल, शुष्मा कार्की कविता आले रबि गिरि, प्रिया रिजाल, लगायतको अभिनय छ ।

For More videos Log on to Mazzako TV