साउन २५ गतेबाट अलनेपाल सार्वजनिक प्रदर्शनमा आउँने ‘पिरिम पर्या छन’ को ट्रेलर सार्वजनीक रिएको छ । पुरन थापाको लेखन, निर्माण र निर्देशनमारहेको फिल्मको ट्रेलर युट्युब मार्फत सार्वजनिक भएको हो । फिल्म माता बसुन्धरा मुभीज र बन्धु फिल्मस्को संयुक्त प्रस्तुतिमा निर्माण भएको हो । फिल्मको कथा गाउँले परिवेशलाई समावेश गरिएको बताइएको छ । फिल्ममा बिकास चौधरी र बिनोद भुजेलको संगीत र बाबु बलामीको द्धन्द्ध छ ।

सार्वजनिक ट्रेलरमा दीलिप रायमाझी, जयकिसन बस्नेत, शुभेच्छा थापा, सुवास मेचे, रमेश बुढाथोकी, सोभित बस्नेत, राजाराम पौडेल, चाँदनी कोइराला, उमा कार्की, लय संग्रौला, पुरन थापा, सुरवीर पण्डितको अभिनय छ । फिल्म बिमल ढकालले खिचेका हुन् ।

यसअघि कमेडी फिल्म ‘कान्छी मट्याङ ट्याङ’ निर्माण गरेका पुरन ‘पिरिम पर्या छन’ प्रदर्शनपछि अर्काे फिल्म ‘फेरि फेरि’ दर्शक माझ ल्याउने योजना रहेको बताएका छन् । फिल्म ‘फेरि फेरि’ मा भने अर्पण थापा र ऋचा शर्माको मूख्य भूमिका रहेको छ ।

For More videos Log on to Mazzako TV