Kangana new 1पछिल्लो समयकी बलिउडकी चर्चित नायिका कंगना रनावतका अनुसार उनको चलचित्र ‘रिवल्वर रानी’ हेरेपछि उनीसँग कोही पनि विवाहको लागि राजी हुनेछैनन् ।

नायिका कंगनाकी बहिनीले पनि उनलाई चलचित्र रिवल्वर रानी मा काम नगर्न सल्लाह दिएकी थिईन रे ।

चलत्रि रिवल्वर रानीमा नायिका कंगनाको नयाँ अवतार देख्न पाईनेछ । २७ बर्षिया नायिका रनावतले बताएकी छिन कि जब उनी चलचित्रको पटकथा सुन्न गएकी थिईन तब उनको बहिनी पनि उनको साथैमा थिईन ।  चलचित्रको पटकथा सुन्ने बित्तिकै उनकी बहिनीले कंगनालाई चलचित्रमा काम नगर्न अनुरोध गरेकी थिईन ।

चलचित्र ‘रिवल्वर रानी’मा नायिका कंगनाले सन्की र आक्रमक स्वभाव भएकी केटीको भुमिका निभाएकी छिन् । चलचित्रको पात्रलाई पर्दामा उतार्न निकै गारो र चुनौतीपुर्ण रहेको नायिकाले प्रतिक्रिया दिएकी छिन् ।

उनले मुस्कुराउदै भनेकी छिन “चलचित्र रिवल्वर रानी हेरेपछि मसँग कसैले विहे गर्ने हिम्मत गर्दैन ।”

Kangna 3

Kangna 1

Kangna 4

For More videos Log on to Mazzako TV