नायक आकाश श्रेष्ठ र नायिका आँचल शर्मा स्टारर यहि भाद्र १ गतेलाई प्रदर्शनको तयारी गरेको फिल्म ‘ब्ल्याक’ को ट्रेलर सार्वजनिक भएको छ । बिहीबार राजधानीमा एक कार्यक्रमको आयोजना गर्दै फिल्मको ट्रेलर सार्वजनिक गरिएको हो ।

फिल्ममा आकाशलाई लभर ब्वाई र एङग्री अवतारमा प्रस्तुत गरिएको छ भने, आँचलको रोनाधोना मज्जाले देखिन्छ । साथै नायक आयुष रिजाल भने भिलेनको रूपमा देखिएका छन् ।

प्रदीप श्रेष्ठ निर्देशित फिल्मको ट्रेलरमा एक्शन, प्रेम, बिछोड, रोमान्सलाई मज्जाले प्रस्तुत गरिएको छ । फिल्मले दर्शकको मन छुनेमा ढुक्क रहेको नायक आकाशले बताए । फिल्मको यसअघि सार्वजनिक ‘पल पल’ बोलको गीतले पनि मज्जाकोल प्रतिक्रिया पाइसकेको छ ।

फिल्ममा धेरै भीएफएक्स प्रयोग गरिएकाले पनि ट्रेलर हेर्दा निकै मज्जा आउँछ । फिल्ममा सुन्दर श्रेष्ठ, सुशिल क्षेत्री, धिरेन शाक्य, प्रिया रिजाल पनि मुख्य भूमिकामा छन् ।

आश्मा पाण्डेले निर्माण गरेकोे फिल्मका चेतनकुमार पाण्डे कार्यकारी निर्माता हुन् । चन्द्र पन्तको द्वन्द्व, अर्जुन जिसीलको सम्पादन रहेको फिल्मको मौनता श्रेष्ठले कथामा तयार पारेका हुन् । फिल्ममा रामजी लामिछानेको कोरियोग्राफी र रामशरण उप्रेतीको छायांकन रहेको छ ।

For More videos Log on to Mazzako TV