अभिनेता प्रशान्त ताम्राकारको अगाडि चलेका हिरोहरु पनि छायामा पर्छन् । उनको लुक्स र उनको स्टाइलले सबैलाई प्रभावित बनाउँछ । ऐश्वर्य फिल्मबाट नै यो खालको क्रेज प्रशान्तले बनाउन सफल भएका हुन् । तर, प्रशान्तले अहिले आफ्नो स्टाइल र लुक्सलाई जोगाउन नसकेको भन्दै आलोचना हुन थालेको छ ।

अफर आएका सबै फिल्ममा काम गर्ने र सबै फिल्ममा उस्तै खालको भूमिका भन्दै उनको आलोचना हुन थालेको छ । प्रशान्त पनि अफर आएका सबै फिल्ममा काम गरेर पैसा कमाउने धुनमा लागेका छन् । अधिकांश नेपाली फिल्मका कलाकारलाई लाग्ने पैसा कमाउने रोग उनलाई पनि लागेको छ ।

प्रशान्तले भने हरेक फिल्ममा आफूले फरक काम गर्ने बताइरहेका हुन्छन् । तर, उनले बताएपनि त्यस्तो भने पाइदैन ।

For More videos Log on to Mazzako TV