नायक सबिन श्रेष्ठ अभिनित फिल्म ’ए सोल्टिनी’ शीर्ष गीत सार्वजनिक भएको छ । असार १५ गतेलाई प्रदर्शन मिति तय गरिएको फिल्मको सार्वजनिक ‘कस्ले होला’ बोलको गीतमा सुवास नेपालीको स्वर छ । निर्देशक निमा लामा तामाङको शब्द र संगीत रहेको गीतको भिडियोमा सबिन श्रेष्ठ, अर्जुन गुरुङ र गंगा राना मगर फिचर्ड भएका छन् ।

गीतको कोरियोग्राफी भने अभि लामाले गरेका हुन् । दिलकुमार घलान तामाङले निर्माण गरेको फिल्मको प्रस्तुतकर्ता पूर्णी तामाङ छिन् ।
जिम्वा फिल्मस् प्रोडक्शनको ब्यानरमा बनेको फिल्ममा सबिन श्रेष्ठ, अर्जुन गुरुङ, जयनन्द लामा, ज्ञानबहादुर जिम्वा, गंगा रानामगर, मन्जु श्रेष्ठलगायतका कलाकारले अभिनय गरेका छन् ।

For More videos Log on to Mazzako TV